skip this yams_Max_Hospital.jpeg

जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन आदेश

4.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बाराको जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन आदेश दिएको छ ।

मापदण्ड विपरित सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले मंगलबार सर्वोच्च अदालतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरुद्ध रिट दायर गरेकी थिईन् ।

रिटको सुनुवाई गर्दै बुधबार एकल इजलासले उत्प्रेषणको आदेश दिएको हो । दुई महिना अघि जीतपुरसिमरा आएकी काफ्लेलाई मन्त्रालयले सरुवा गर्दै चेतकुमार पोखरेललाई पठाउने गरि पत्र पठाएको थियो ।

उपमहानगरपालिकाको १० औं नगर सभामा प्रमुख प्रशासकीय अधिकृत काफ्ले खेलेको भूमिकालाई लिएर उपमेयर भोलाप्रसाद अधिकारी नेतृत्वको जनप्रतिनिधि असन्तुष्ट छन् । उनीहरुले सरुवा सत्ताको शक्ति प्रयोग गरेर काफ्लेको सरुवा गराएका थिए ।

उनको सरुवा विरुद्ध मेयर राजन पौडेलले मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत पत्रचार गर्दै निर्णय बदर गराउन माग गरेका थिए ।

nijgadh-supermart-adz1200-630