गोठाटारमा खुल्यो ‘मनमुरी कृषि मिट मार्ट’
वि.सं.२०७९ असार २१ मंगलवार २२:२७

काठमाण्डौं–काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारमा मनमुरी कृषि मिट मार्ट सञ्चालनमा आएको छ ।
मनमुरी कृषि सहकारी संस्थाको अगुवाईमा नगरपालिकाको अनुदानसहित २९ लाख ९४ हजार ६ सय ७ को लागतमा मार्ट सञ्चालनमा आएको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाको पशु शाखाको ८० प्रतिशत अनुदान निर्माण भएको कृषि मिट मार्टको मंगलबार नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा युवा खेलकुद तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी प्रमुख डा.देवराज रोक्का, नगरपालिकाको पशु शाखा प्रमुख राम बहादुर देउजा, वडा नं. ८ का वडा प्रमुख हरी भक्त पुडासैनी, वडा सदस्यहरु, सहकारीकर्मीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागि रहेको संस्थाकी सचिव सुनिता भट्टराईले जानकारी दिईन् ।
महिलाहरुले सञ्चालन गरेको मनमुरीमा ६०९ जना सदस्य आवद्ध छन् ।
हेर्नुस् थप तस्वीरहरु



वि.सं.२०७९ असार २१ मंगलवार २२:२७

















