skip this

यस्ताे रहनेछ आजको मौसम

978 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रहेको छ।

प्रदेश नं १, मधेस प्रदेश, प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार देशका पहाडी भू-भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

nijgadh-supermart-adz1200-630