skip this farak Kura Pravakar

एमाले बाराका नेता पौडेललाई मातृशोक

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- नेकपा एमाले बाराका नेता मनोज पौडेललाई मातृशोक परेको छ । पौडेलकी आमा भागिरथी पौडेलको ७६ वर्षको उमेरमा विहिवार निधनमा भएको हो ।

लामो समयदेखी मुखको क्यान्सरबाट पीडित भागिरथीको सिमरास्थित निवासमा निधन भएको एमाले सचिवालय सदस्य पौडेलले जानकारी दिए । भाइटिका सम्पन्न भएको केही समयपछि भागिरथीको निधन भएको हो ।

भागिरथीको पार्थिव शरिर अन्तिम संस्कारका लागि बाग्मती लगिएको छ ।

श्रद्धाञ्जली व्यक्त

भागिरथीको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बारा क्षेत्र नं. ४ (क) उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिल र जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल लगायतले दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

 

nijgadh-supermart-adz1200-630