skip this

आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा माओवादी केन्द्र सकारात्मक रहेको छ –उपेन्द्र यादव

738 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको जनता समाजवादी (पार्टीका जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

आज नेकपा ( माओवादी केन्द्र) का नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा माओवादी केन्द्र सकारात्मक रहेको जानकारी दिएका छन् । छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताएका छन् ।प्रचण्डले भने सार्वजनिक रुपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राखेको र अहिले पनि त्यसमै अडिग रहेको यादवले बताए ।

 

nijgadh-supermart-adz1200-630