जीतपुरसिमरामा सडक मानव मुक्त व्यवस्थापनबारे मेयर पाैडेलकाे चासाे, मानव सेवा घर धुलिखेलकाे निरीक्षण
वि.सं.२०८० वैशाख २६ मंगलवार १४:२३

काठमाडौं-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलले सडक मानव मुक्त अभियानमा मानव कल्याण संस्थाले गरेकाे व्यवस्थापनबारे चासाे राखेका छन् ।
सडक मानव मुक्त नगर बनाउने उदेश्यसहित मेयर पाैडेलले मंगलबार काभ्रेको धुलिखेल-१२ स्थित सेवा घर पुगेर व्यवस्थापन बारेमा जानकारी लिएका हुन् ।
मानव मुक्त अभियानमाका लागि मानव कल्याण संस्थाले त्यहाँ तीन सय बढी सडक मानव उद्वार गरि संरक्षण तथा व्यवस्थापन गर्दै आएको छ । संस्थाले देशभर ६ वटा शाखा समेत सञ्चालन गरेकाे छ ।

सेवा घर पुगेका मेयर पाैडेल, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, अभियन्ता रविराज दंगाल, पत्रकार महेश्वर अधिकारीलाई संस्थाकी अध्यक्ष सुमि मानवले स्वागत गर्दै संस्था स्थापना र व्यवस्थापनबारेमा जानकारी गराएकी थिईन् ।
सेवा घर अवलोकनपछि मेयर पाैडेलले संस्थाले बारामा हालै शाखा विस्तार गरेकाेमा धन्यवाद व्यक्त गर्दै आवश्यक सहकार्य गरेर नगरलाइ सडक मानव मुक्ति बनाउने अभियान सञ्चालन गर्ने बताए ।
अवलाेकन कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष माेहनप्रसाद लामिछाने, पुर्व वडा अध्यक्ष हर्कबहादुर तामाङ, संस्थाका कार्यक्रम संयाेजक राेशन ढकाल लगायत सहभागी थिए ।
वि.सं.२०८० वैशाख २६ मंगलवार १४:२३

















