अभिभावकबारे मेयर चौधरीको टिप्पणी : यत्रो फेल हुदाँ पनि नगरपालिका र विद्यालय घेरेनन्
वि.सं.२०८१ असार १६ आइतवार २२:१९

बारा—बाराको कोल्हवी नगपालिकाका मेयर रामप्रसाद चौधरीले एसईई परीक्षामा धेरै विद्यार्थी फेल हुदाँ पनि कुनै अभिभावकले चासो नदेखाएको बताएका छन् ।
दई महिने लोकसेवा निःशुल्क तयारी कक्षा समापन समारोहलाई सम्बोधन गर्दै मेयर चौधरीले कुनै अभिभावकले मेरो विद्यार्थी किन फेल भयो भनेर विद्यालयमा गएर नसोधेको बताए । यत्रो विद्यार्थी फेल हुदाँ पनि नगरपालिका र विद्यालय किन घेर्न नगएको होलान भनेर आश्चर्य लागेको भन्दै कसरी पढाउनु भयो र मेरो विद्यार्थी फेल भयो भनेर सोध्न आग्रह समेत गरे ।

कोल्हवी नगरपालिकाले आयोजना गरेको तयारी कक्षामा ६४ महिलासहित ८० जना सहभागि थिए । सहभागिलाई अजय उप्रेती, प्रदिप रिजाल, श्रीश्याम चौधरी, यज्ञराज आचार्य र लोकनाथ ओलीले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेल लगायतको उपस्थिति रहेको थियो ।
कक्षामा सहभागि भएका प्रशिक्षार्थीले लोकसेवा तयारी गरिरहेकाहरुलाई निःशुल्क कक्षाले निकै सहयोग पुगेको प्रतिकृया दिएका छन् ।
भिडियो :
https://www.facebook.com/61554154396132/videos/456264877200131
वि.सं.२०८१ असार १६ आइतवार २२:१९


















