skip this yams_Max_Hospital.jpeg

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रिय समितिमा निजगढका तीन जना

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रिय समितिमा बाराको निजगढका तीन जना केन्द्रीय सदस्य चयन भएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशनले मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा बाराको निजगढका अमिर लामा मोक्तान, चन्दा लामा र चन्द्रिका कुमारी मगर चयन भएका हुन् ।

मधेश प्रदेशबाट अन्य केन्द्रीय सदस्यमा प्रतिक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिल बहादुर गोले, जंग बहादुर दास थारु, बिजय कुमार मंडल चयन भएका छन् ।

काठमाण्डौमा भएको अधिवेशनले ओमबहादुर घर्तीमगरको अध्यक्षतामा १०८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक विनोदकुमार गुरुङका अनुसार १५ पदाधिकारीसहित १०८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

महासंघको उपाध्यक्षमा युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, बिश्वदिप लिङ्देन, महामन्त्रीमा रामजी कोङरेन, मनहरी श्रेष्ठ र जगतबहादुर बराम चयन भएका छन् । त्यस्तै सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोज सिंह दनुवार र तेज बहादुर धिमाल रहेका छन् ।

अरु कुन प्रदेशबाट को ?

कोशी प्रदेशबाट केन्द्रीय सदस्य हुनेहरुमा पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदार सिं गुरुङ, सिला तामाङ, प्रतिक्षा राई, लोकबहादुर समालमगर, सुबास लिम्बु, हरिदेबी भुजेल, भगीमान गुरुङ, सुनिता कुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा र खिम तामाङ चयन भएका छन् ।

त्यस्तै बाग्मती प्रदेशबाट केन्द्रीय सदस्य हुनेहरुमा तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुन कुमार गुरुङ, सानुराम घले, मोहन कुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, साबित्री थापामगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, हिरालाल शाक्य, इन्द्रमाया लामा, योमाया तामाङ, ठाकुर कुमाल, सरिता राना थापामगर, मोहन लाल तामाङ, आकाश लामा, महेन्द्र थापामगर, चन्द्र कुमार तामाङ, राजु कुशुम लामा, बाबुराम तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, प्रेम कुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ र बिजय लामा छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य हुनेमा रेनुका काउछामगर, राजु गुरुङ, माया रानामगर, देबकुमार मानन्धर, बिक्रमबहादुर सारुमगर, गौमाया खण्डलुक मगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजंग घर्तीमगर र खेमबहादुर गुरुङ छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट टोपबहादुर थापामगर, सावित्रा रानामगर, सिता श्रेष्ठ, थानबहादुर कुँवरमगर, रुपमाया पुन, टिचन गुरुङ, खगेश्वर थापामगर, रामबहादुर रानामगर, होमबहादुर शेरचन र प्रमोदबहादुर श्रेष्ठ केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै कर्णाली प्रदेशबाट हस्त पुनमगर, नन्द बहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गा कुमारी श्रेष्ठ, तिलक मर्साङ्गीमगर, मानबहादुर बुढामगर, अमर बहादुर रौकामगर, बलिमाया बुढामगर, भदे बुढामगर, प्रेमबहादुर राम्जालीमगर, पवित्रा थापामगर पुन, धनबहादुर घर्तीमगर र निमा छिरिङ केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै सूदुरपश्चिमाञ्चलबाट बासुदेव सिंह ऐतवाल, खड्ग बहादुर बुढामगर, बसन्तीदेवी थापामगर र सञ्जयकुमार वैद्य केन्द्रीय सदस्य बनेका छन् ।

 

nijgadh-supermart-adz1200-630