skip this hetauda tech

कांग्रेसका सभापति देउवा, उपेन्द्र यादव र माधव नेपालबीच भेटवार्ता

729 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सभामुख निर्वाचनका लागि आज दिउँसो मनोनयन हुँदै छ । सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको निर्वाचन प्रक्रिया सुरु हुनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

तीन नेताबीच सभामुखको निर्वाचनबारे छलफल भएको बुझिएको छ । कांग्रेसले सभामुखमा उम्मेदवार उठाउने कि नउठाउने भनेर जारी पदाधिकारी बैठकमार्फत निर्णय गर्दैछ ।कांग्रेसले सभामुखमा उम्मेदवार बनाउनेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएकै बेला देउवालाई भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा पुगेका हुन् ।

nijgadh-supermart-adz1200-630