राष्ट्रपति भण्डारी बागलुङमा, बागलुङ कालिकाको दर्शन गर्ने
वि.सं.२०७९ फागुन १० बुधवार १०:५७
990
shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ गएकी छन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी त्यहाँ गएकी हुन । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार पुगेकी थिइन् ।
राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका छन् । बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।
वि.सं.२०७९ फागुन १० बुधवार १०:५७

















