skip this bagdve 29 th

निजगढमा तीन वटा मात्र मेला लगाउन अनुमति दिनुपर्छ : प्रदेश सांसद लामा

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मधेस प्रदेशकी सांसद मिना लामाले बाराको निजगढमा हरेक गाउँमा मेला लगाउने कार्यमा कडाई गर्नुपर्ने बताएकी छिन् ।

निजगढ–८ स्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद लामाले निजगढमा तीन ठाउँमा मात्र मेला लगाउनु पर्ने बताएकी हुन् ।

‘नगरपालिकाले सर्वपक्षिय भेला बोलाएर तीन ठाउँमा मेलाको अवधारणा राख्नुपर्छ,’ उनले भनिन्–कार्तिक पूर्णिमामा सिंगौलमा, बालचर्तुशीमा नदीकट्टामा र चैतेपूर्णेमा लालको गुम्बामा मेला गर्न उचित हुन्छ ।

उनले पाँच दिनसम्म मेला लगाउने भन्दापनि बढीमा दुईदेखि तीन दिनको समय र सिमा तोकेर मेला गर्नुपर्ने आफ्नो धारणा रहेको बताईन् । यसबारेमा नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण हुन जरुरी रहेको सुनाईन् ।

संस्थाका अध्यक्ष अजय लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्रीहरी न्यौपानेले सञ्चालन गरेका थिए ।

nijgadh-supermart-adz1200-630