लघु कथा : म पीडित
वि.सं.२०७९ माघ २१ शनिवार १६:५८

कुनै एउटा सैयामा जीवन र मृत्युसंग लडेर बाच्न सफल भएकि दिया दुखाइ र पोलेको डाहा त छदैछ ।
उनीको जीवन भरिलाइ नै नमेटिने दागले उसलाइ अझ भित्रैसम्म पोलिरहेको छ, मन चिच्याइरहेको छ, मनमनै आत्ति रहेकी छिन् ।
ऐना हेर्नसम्म हिम्मत जुटाउनु कसरी भन्ने पिरलो छ दियालाइ । हस्पिटलको बेडमा छिन्, विभिन्न विशेषज्ञहरु उसलाइ बचाउनको लागी उपचार त गरिरहेका छन् भने उसका परिवारहरु बिक्षिप्त पनि छन् चिन्ताले ।
भेट्न आउने आफन्तहरुको भिड छ बाहिर पट्टी । बिस्तारै दिया ठिक हुदै जान्छे । शारिरिक जलन कम हुदै जान्छ । उनी डिस्टार्च हुन्छिन । घरमा लाचारि हुन्छन् बाबा आमा छोरीको त्यो कुरुप अनुहार हेर्न !
नत त्यो खुसी फर्केर आउछ दियाको नत त्यो सुन्दर अनुहार नैं । दिनदिनै ठिक त हुदै जान्छिन् उनी । तर उसको रुप कुरुपमा परिणत भएको बिडम्बनाले दिक्दारी मान्छिन् ! र मन परेको चिजबाट टाढा रहनु मेरो के गल्ति हो त ? भनेर आफुले आफैलाइ प्रश्न पनि गर्छिन् । कसैले चाहेको स्वार्थी माया नदिंदा म जस्ता हरेक नारीहरु शिकार भएका छन् यो जबर्जस्तीलाई पक्कै स्वार्थी भनेर आवाज पनि उठाउँछिन ।

किन यस्तो कसरी भयो र कसले गर्याे छोरी ? भनेर घरमा प्रश्न गर्छन् बाबा ममीले ! उनी जवाफ दिन्छिन्–‘खै अचानक आएर चिसो तरल पदार्थ छेपिदिएको थियो, चिसो लागेको थियो तर के हो र के हो त्यो चिज् मलाइ पत्तै भएन ! म अचानक ढलें, पोल्यो, छट्पटिएँ, चिच्याएँ र कराएँ ।’
कसले हस्पिटलसम्म लगेछ थाहै भएन, डाक्टरले पेन्किलर दिए पछि बल्ल सितल भयो र केहि समयमा होसमा आएँ ।
अब चिन्ता नलिनुहोस बाबा आमा ! निर्मला पन्तलाइ लुछेर मारे, काख रित्तियो, उसको प्राणनै लिएर रगत्तामे बनाएर फालिदिए, अपराधीहरुले बर्चस्व जमाइसके देशमा त्यसैले ती घटनाहरु पनि मनन् गर्नुहोस !
मेरो जीवन लिला सकिदिएका त छैनन् नि ! अनि जीवन पनि त सकिएको छैन मेरो ! सुन्दर रुपलाइ कुरुप बनाइदिए पनि ! हजुरहरुको काख त रित्तिएको छैनन ! केही छैन !
दोषीहरुलाइ उचित कार्बाही होस् र म जस्ता हरेक पीडितहरुले न्याय पाउन् भन्दै म माथि गरेको यो कुकर्मलाइ अपराधीहरुले दिएको उपहारको रुपमा लिएर बाँच्न चाहान्छु ।
– जडिबुटी, काठमाडौ
वि.सं.२०७९ माघ २१ शनिवार १६:५८

















