चन्द्रागिरिमा स्वास्थ्य संस्थाको अनुगमन
वि.सं.२०७९ साउन २४ मंगलवार १३:००

काठमाण्डौं– चन्द्रागिरि नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक वसन्ती श्रेष्ठको नेतृत्वमा नगरभित्र सञ्चालित स्वास्थ्य चौकी र केन्द्रको अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख नविन खालिङ, सामाजिक विकास समिति संयोजक तथा वडा नं. १५ का अध्यक्ष घनश्याम लुइटेल, सामाजिक विकास समिति सदस्य तथा कार्यपालिका सदस्य सपना बानिया, स्वास्थ्य शाखाका प्रमुख राममणि घिमिरे सम्बन्धित स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षको सहभागीतामा अनुगमन भएको हो ।

टोलीले तीनथाना स्वास्थ्य चौकी, मच्छेगाउँ स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र १० र सतुङ्गल स्वास्थ्य चौकीको अनुगमन गरेको थियो । स्वास्थ्य संस्थामा भएका समस्याको पहिचान तथा समाधानका उपाय, आवश्यक औजार उपकरणको अवस्था र आवश्यकताको पहिचान लगायत विविध विषयमा छलफल भएको जनस्वास्थ्य प्रवर्द्धन उप–शाखाकी जगदिश्वरी अवस्थी पाण्डेले जानकारी दिईन् ।
वि.सं.२०७९ साउन २४ मंगलवार १३:००

















