skip this

लेटाङ घटनाको छानबिन गरिने

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानबिन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन हुने बताएका हुन् ।‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ,हामी केही न केही छानबिन गर्छौं,’ बिसीले भने । बिसीले आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताए ।

आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका छन् भने ७ जनासम्म सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये १४ जना प्रहरीहरुको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको बिसीले जानकारी दिए ।

यस्तै, घाइते भएका स्थानीय ७ जनामध्ये १ जनाको कोशी र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

सर्वसाधरणको आक्रमणमा परी उनको मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् । उनको घर खोटाङ रहेको प्रहरीले बताए पनि विस्तृत विवरण दिएको छैन ।

nijgadh-supermart-adz1200-630