skip this

मोरङको लेटाङमा कर्फ्युपछि ५ जना पक्राउ

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रहरीकै ज्यान जानेगरी मोरङको लेटाङमा आइतबार भएको झडपपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोमबार बिहान खेरूवाबाट ५ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहानदेखि सर्च अपरेसन तीब्र पारेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिए।

एक महिला प्रहरी जवानको मृत्यु हुनुका साथै मोरङ प्रहरी उपरीक्षकसहित २ दर्जन बढी घाइते भएका थिए। तीमध्ये केही सामान्य र केही गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। घाइतेहरूको मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्।

nijgadh-supermart-adz1200-630