skip this

शिक्षकद्वारा बालिका दुर्व्यवहार : स्थानीयले आक्रमण गर्दा घाइते महिला प्रहरीको मृत्यु

उजुरीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आक्रमण

2.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा घाइते महिला प्रहरीको मृत्यु भएको छ ।

मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी नवीन राईले जानकारी दिए ।

आक्रमणबाट नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाटीमा गम्भीर चोट लागेको थियो। अरू घाइते प्रहरीको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको थियो ।

उजुरीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो। प्रहरीले पक्राउ गरेको शिक्षकलाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति झडप भएको जनाइएको छ ।

भीड नियन्त्रणका लागि प्रहरीले हवाई फायर गर्दा आक्रोशित भीडबाट बम प्रहार भएको प्रहरीको भनाई छ ।

यो पनि
शिक्षकद्वारा बालिका दुर्व्यवहार : विद्यालयमामा झडप हुदाँ चार विद्यार्थी र प्रहरी घाईते

nijgadh-supermart-adz1200-630