बारामा १५० भन्दा बढी मोटरसाइकल चोरी गरी गर्ने प्रक्राउ
वि.सं.२०७९ साउन २६ बिहीवार ११:३४
1.3K
shares

काठमाडौं । बारामा १५० भन्दा बढी मोटरसाइकल चोरी गरी बिक्री गर्ने समुहकै नाइके वृजमोहन साह सोनार प्रक्राउ परेका छन् । प्रहरीले उनी सहित ६ जनालाई पक्राउ गरेको छ ।
बाराको पचरौता नगरपालिका–७ बेनौली टोलबाट प्रहरीले १२ वटा मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ । नाइके साहले १५० वटा मोटरसाइकल चोरी गरी बिक्रीसमेत गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार ११:३४

















