वीरगञ्ज महानगरमा शोक विदा
वि.सं.२०७९ साउन २० शुक्रवार १२:२२
1.46K
shares

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
महानगरको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशीलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए । महानगरले शुक्रबार नै शोकसभा समेत गरेको छ ।
वि.सं.२०७९ साउन २० शुक्रवार १२:२२

















