skip this

मधेशको कैलास टुटेश्वरधाममा गृहमन्त्री गुरुङ, शान्ति र सद्भावको कामना गर्दै पूजा-अर्चना

69 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-गृहमन्त्री सुधन गुरुङ ले मधेशको कैलासका रूपमा परिचित टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर तथा श्री रत्न छोलिङ गुम्बामा पूजा-अर्चना गर्नुभएको छ ।

धार्मिक भ्रमणका क्रममा गृहमन्त्री गुरुङले देश तथा मधेश प्रदेशमा शान्ति, भाइचारा, धार्मिक तथा सामाजिक सद्भाव र सहिष्णुता कायम रहोस् भन्ने कामनासहित पूजा-अर्चना गर्नुभएको हो ।

पूजा सम्पन्न गरेपछि उहाँले धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित टुटेश्वरधामको अवलोकन गर्दै त्यहाँको सुरक्षा व्यवस्था, दर्शनार्थीको सहजता तथा मेला व्यवस्थापनबारे सम्बन्धित सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग जानकारी लिनुभएको थियो ।

गृहमन्त्रीको भ्रमणले टुटेश्वरधामको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उजागर गरेको स्थानीयवासीले बताएका छन् । प्रत्येक वर्ष हजारौं भक्तजन पुग्ने यस क्षेत्र धार्मिक आस्थाका साथै पर्यटकीय आकर्षणका रूपमा पनि परिचित छ ।

nijgadh-supermart-adz1200-630