बाराको निजगढ–९ स्थित गौरीशंकर क्याम्पसको प्रमुखमा दीपक श्रेष्ठ नियुक्त
वि.सं.२०८३ साउन २० बुधवार २१:२९

बारा-बाराको निजगढ–९ मा रहेको गौरीशंकर क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा दीपक श्रेष्ठ नियुक्त भएका छन् ।
बुधबार आयोजित एक कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले नवनियुक्त क्याम्पस प्रमुख श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
दीपक श्रेष्ठ गौरीशंकर क्याम्पसको स्थापनाकालदेखि नै कार्यरत रहँदै आएका अनुभवी कर्मचारी हुन् । उनले क्याम्पसमा प्राध्यापनसँगै लेखा व्यवस्थापनको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्दै आएका थिए ।
श्रेष्ठ क्याम्पसका तेस्रो प्रमुख हुन् । यसअघि क्याम्पस प्रमुखको जिम्मेवारी टिकाराम भट्टराईले सम्हाल्दै आएका थिए। क्याम्पस स्थापना भएदेखि लामो समयसम्म रामप्रसाद गौतमले क्याम्पस प्रमुखको भूमिका निर्वाह गरेका थिए ।
नवनियुक्त प्रमुख श्रेष्ठले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ ।
वि.सं.२०८३ साउन २० बुधवार २१:२९

















