नाग पञ्चमिः यी पाँच राशिका लागि विशेष ध्यान दिनु पर्ने
वि.सं.२०७९ साउन १७ मंगलवार १२:३९

काठमाण्डौं– आज श्रावण १७ गते नाग पञ्चमि । घर घरमा नागको फोटो टाँस गरि नागको पूजाआजा गरि मनाइयो । नाग पञ्चमि देखि १ साताका लागि विशेष केहि राशिका लागि सकारात्मक असर पर्ने छ भने केहि राशिका लागि नकारात्मक पनि सावित रहेको छ । शास्त्रीय मान्यता अनुसार, नाग पञ्चमि देखि एक साताका लागि मेष, मिथुन, कन्या, धनु र कुम्भ राशिका लागि विशेष शुभ रहेको छ भने कर्कट, वृश्चिक, सिंह, मक्कर, मिन गरि यी पाँच राशिका लागि भने विशेष सावधानि अपनाउनु पर्ने देखिन्छ । ज्योतिष आदित्य राजका अनुसार यी पाँच राशि भएका व्यक्तिहरुले एक साताका लागि विशेष सावधान रहनु पर्ने तथा एक साता निकै गारो सारो पर्ने, विभिन्न कार्य गर्दा, लगानि गर्दा, सहकार्यको काम गर्दा, यात्रा गर्दा देखि लिएर हरेक कुरामा र बोलिमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
वि.सं.२०७९ साउन १७ मंगलवार १२:३९
















