भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा
वि.सं.२०७९ भदौ ३१ शुक्रवार २०:२२
1.16K
shares

काठमाडौ-भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।
वि.सं.२०७९ भदौ ३१ शुक्रवार २०:२२

















