नेपाली अभिनेत्री नितु कोईरालालाई मुम्बईमा ‘विज ग्ल्याम अवार्ड’ बाट सम्मान
वि.सं.२०७९ फागुन १ सोमवार ११:५७

काठमाण्डौं–नेपाली अभिनेत्री नितु कोईराला भारतको मुम्बईमा विज ग्ल्याम अवार्डबाट सम्मानित भएका छिन् । भारतिय लोकप्रिय अभिनेत्री अमिषा पटेलको हातबाट उनले उक्त अवार्डको दोश्रो संस्करण हात पार्न सफल भएकी हुन ।
केहि समय अघि मात्रै मुम्बईमा नै भारतकै प्रतिष्ठित अवार्ड दादा साहेब फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएकी कोईराला भारतमा नेपाली अभिनेत्रीको रुपमा चर्चा कमाईरहेकी छिन ।
विगत झण्डै डेढ दशकदेखि नेपाली चलचित्र, म्यूजिक भिडियो तथा विभिन्न टेलिसिरियलहरुमा अभिनय मार्फत उच्च योगदान दिए वापत अभिनेत्री कोईरालालाई उक्त अवार्डबाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ ।
यस अघि पनि थुप्रै भारतिय प्रतिष्ठित अवार्डहरुबाट सम्मानित भईसकेकी कोईराला भारतमा धेरै सम्मानित हुने नेपाली अभिनेत्रीमा पर्छिन ।
सम्मानपछि फरक नेपालसंगको कुराकानीमा दादासाहेव फाल्के ईण्डियन टेलिभिजन अवार्ड पछि फेरि पनि ईण्डियामा बिज ग्ल्याम अवार्ड बलिउड एक्ट्रेस अमिसा पटेलको हातबाट सम्मनित हुन पाउँदा धेरै खुशी लागेको छ बताईन् । उनले सम्पुर्ण आयोजक टिमलाई धन्यवाद पनि दिएकी छिन् ।
वि.सं.२०७९ फागुन १ सोमवार ११:५७

















