द्वन्द्वका घाउमा मलहम लगाएर समृद्ध नेपाल निर्माणको दिशामा अघि बढौँ –बाबुराम भट्टराई
वि.सं.२०७९ फागुन १ सोमवार १०:५७

काठमाडौं । जनयुद्ध र त्यसकै जगमा भएका पूरक आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तथ्यलाई बिर्सन नहुने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत २८ औं शहीद दिवसको अवसरमा शुभकामना दिँदै उनले अब पुरानो घाउ कोट्याएर आरोप प्रत्यारोपभन्दा द्वन्द्वका घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न आह्वान पनि गरेका हुन ।
अध्यक्ष भट्टराईले समाजिक सञ्जालमा लेखेका छन्, ‘जनयुद्ध र त्यसकै जगमा भएका पूरक आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तथ्यलाई सबैले आत्मसात गरौँ । अब पुराना घाउ कोट्याएर आरोप प्रत्यारोप गर्ने हैन द्वन्द्वका घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढौँ,’ ।
वि.सं.२०७९ फागुन १ सोमवार १०:५७

















