डडेल्धुराको भागेश्वर गाउँपालिकामा कांग्रेस विजयी
वि.सं.२०७९ जेठ ३ मंगलवार ०९:२१

काठमाडौं । डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेस वडादेखि पालिकासम्म विजयी भएको हो ।हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन् । पाँच वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस विजयी भएको छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।
१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए ।भागेश्वर कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो ।
वि.सं.२०७९ जेठ ३ मंगलवार ०९:२१

















