शिक्षक अस्पताल : भरतपुर–१५ मा निर्माण गर्न जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय
वि.सं.२०७८ माघ १७ सोमवार २०:००
1.74K
shares

काठमाडौं । शिक्षक अस्पताल चितवनको भरतपुर महानगरपालिका–१५ मा बन्ने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पताल निर्माणका लागि २१ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले ३०० शय्याको शिक्षक अस्पताल बनाउन भरतपुरका साथै भक्तपुर र मकवानपुर प्रस्ताव गरेको थियो ।
शिक्षा मन्त्रालयले भने भरतपुरमा अस्पताल बनाउने प्रस्ताव लगेको र मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि सैद्धान्तिक सहमति दिएको एक मन्त्रीले बताए ।
वि.सं.२०७८ माघ १७ सोमवार २०:००
















