आजदेखि देशभरको मौसम सुधार
वि.सं.२०७८ माघ २३ आइतवार ०८:२१
sf7df8f}F, !) c;f/ . sf7df8f}Fsf] g}sfkaf6 b]lvPsf] pkTosf . s]xL lbg otf pkTosfdf udL{ a9]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं । मौसम पूर्वानुनमान महाशाखाका अनुसार आजदेखि मौसममा सुधार हुँदै जाने भएको छ । केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले मौसम क्रमिकरूपमा सुधार भएको हो ।
आइतवार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य मौसम बदली भएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार दिउँसो मौसम सफा रहने छ। साँझ पख भने प्रदेश १‚ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली हुने मौसमविद् निराजन सापकोटाले जानकारी दिए । देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
अहिले बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद् सापकोटाका अनुसार आजदेखि दुई–तीन दिन मौसम सफा रहने छ। बुधवार, बिहीवारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको भए पनि त्यसको प्रभाव धेरै नपर्ने उनले बताए ।
वि.सं.२०७८ माघ २३ आइतवार ०८:२१
















