skip this

भारतबाट ल्याइएको फलफूल तरकारीमा धेरै विषादी

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो । नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ ।
यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने विषादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको दोस्रो त्रैमासिक तथा अर्धवाषिक प्रगति विवरण सार्वजनिक गर्दै सोबारेमा जानकारी गराएको हो ।
गएको कात्तिक १ गतेदेखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।
द्रुत परीक्षणको पूर्ण विवरणसहित भन्सार कार्यालयमै पठाउने गरेको जानकारी दिँदै उनले भनिन्, “कैफियत भेटिएका तरकारी तथा फलफूल रिपोर्ट हेरेर नष्ट गर्ने वा भन्सार पास गर्ने अधिकार सबै भन्सार कार्यालयलाई छ । हाम्रा साथीले रिपोर्ट दिनुहुन्छ, त्यो के गरियो भन्ने हामीलाई जानकारी हुँदैन ।”
आजको गोरखापत्र दैनिकमा समाचार छ ।

nijgadh-supermart-adz1200-630