skip this farak Kura Pravakar

लोकतन्त्रको उन्नत अभ्यासको प्रेरणा मिलोस्: सभामुख सापकोटा

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको उन्नत अभ्यास गर्नुपर्ने बताएका छन् । शनिबार प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।
‘यस महत्वपूर्ण अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु’, सभामुख सापकोटाले शुभकामना सन्देशमा भनेका छन् ।
देशमा लोकतन्त्रको प्राप्तिका लागि भएका संघर्षमा योगदान गर्ने सबैको सम्झना सभामुख सापकोटाले गरेका छन् । ‘देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवद्र्धनका लागि विभिन्न समयमा भएका संघर्षहरुमा जीवन आहुति दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, सापकोटाको सन्देशमा भनिएको छ, ‘लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले संघर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको अमूल्य योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
सापकोटाले सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा पुगेको उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630