मनसुनको प्रभाव कम, आजदेखि एकाध ठाउँमा मात्रै वर्षा

वि.सं.२०७८ भदौ १५ मंगलवार ०७:३८
633
shares

काठमाडौँ : मनसुनी वायुको प्रभाव कम हुँदै गएपछि लगातारको झरी कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि एकाध ठाउँमा मात्रै वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश एक, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

वि.सं.२०७८ भदौ १५ मंगलवार ०७:३८