मीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

वि.सं.२०७८ भदौ १६ बुधवार २१:०३

काठमाडौँ : कांग्रेस केन्द्रीय सदस्य तथा दलित संघका अध्यक्ष मीन विश्वकर्माले बुधबार पदबाट राजीनामा दिएका छन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । विश्वकर्माले पार्टीको विधानविपरित निर्वाचन निर्देशिकामा दलितहरुको प्रतिनिधित्व रोक्ने गरी व्यवस्था गरिएको भन्दै राजीनामा दिएका हुन् । उनले पार्टीले स्थापनाकालदेखि नै समावेशीतालाई पालना गर्दै ९ औं महाधिवेशनदेखि स्थानीय तहबाट समावेशीता लागू गरेको भए पनि अहिले निर्वाचन निर्देशिकाले दलितहरुलाई निषेध गर्ने जालझेल गरेको भन्दै निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।
विश्वकर्माले राजीनामा दिनुअघि नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनःस्थापन गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएको थियो ।
बुधबार संघले पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौति भएका दलितका अधिकार पुनःस्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो ।

वि.सं.२०७८ भदौ १६ बुधवार २१:०३