पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
वि.सं.२०७८ भदौ १८ शुक्रवार १०:२५
630
shares
काठमाडौँ : पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बिहान करिब ७:५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम शुरु हुनसकेको छैन ।
पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार १०:२५