टेकु अस्पतालको क्वार्टरमा एक महिला मृत भेटिइन्
वि.सं.२०७८ चैत १० बिहीवार २१:१४
1.89K
shares

काठमाडौं। शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको क्वार्टरमा एक महिला मृत भेटिएकी छिन् ।
अस्पतालका प्रशासनका अनुसार बिहिबार दिउँसो रेडियोलोजी विभागमा कार्यरत डा. राकेश झाकी श्रीमती वाथरुममा सलले बेरिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
झा दम्पतीको ३ वर्ष र ७ वर्षको गरी दुई बच्चासमेत छन् । तर झाले के कारणले उनले मृत्यु रोजिन् भन्ने खुलेको छैन ।
मृतको शव भाइ र मामाको रोहबरमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको छ ।
वि.सं.२०७८ चैत १० बिहीवार २१:१४

















