skip this farak Kura Pravakar

सर्लाहीका सांसद साह गृह क्षेत्रमै कुटिए !

सुरक्षा गार्डको पेस्तोल खोसियो

2.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।

आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल साहले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको उनले बताए ।

क्लबको भवन बनाउने विषयमा झडप हुँदा सांसद साहमाथि आक्रमण भएको बताइएको छ । शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा फुलझरी युवा क्लब बनाउने नबनाउने विषयमा झडप भएको थियो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

साहको टाउकोमा २०/२५ वटा टाँका लगाइएको पनि उनले बताए । घाइते भएका सांसद साह र अंगरक्षकको स्थानीय अमित हेल्थकेयरमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी रहेको रहेको उनले बताए ।

बयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गा र भवन निर्माणको विषयमा केही दिनदेखि स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो ।

nijgadh-supermart-adz1200-630