करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु, सात जना घाइते
वि.सं.२०७९ वैशाख ४ आइतवार ०९:२५
2.05K
shares

काठमाडौं । रौतहटको दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु र अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ।
करेन्ट लागेर घाइते उनको उपचारार्थ यमुनामाई गाउँपालिका स्थित सुकदेवचोकमा रहेको शिवदर्शन अस्पतालमा भर्ना गरेकोमा त्यही मृत्यु भएको हो ।करेन्ट लागेर घाइते हुनेमा ३५ वर्षीया सिता देवी राउत, ३५ वर्षीया अनिता देवी राउत, ६५ वर्षीया मन्तोरिया देवी, ७० वर्षीया मुनी राउत, ६५ वर्षीया केबला देवी, ५५ वर्षीया सुशीला देवी, ७५ वर्षीया हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
वि.सं.२०७९ वैशाख ४ आइतवार ०९:२५

















