खोप र अक्सिजन उद्योगलाई ३ वर्षसम्म सतप्रतिशत कर छुट

वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:५७

Minister for Home Affairs Janardan Sharma speaks at the Legislature-Parliament in Kathmandu, on Sunday, July 30, 2017. Photo: RSS
काठमाडौं: शेरबहादुर देउवा सरकारले स्वास्थ्य खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आज प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको संशोधित बजेटले यस्तो नीति लिएको हो ।
बजेटमार्फत स्वास्थ्य खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरु भएको मितिले ३ वर्षसम्म सतप्रतिशत कर छुट दिने व्यवस्था गरेको छ ।
यस्तै, बजेटले स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई पनि सोही प्रकारको छुट दिने व्यवस्था गरेको जानकारी दिएको छ ।
३ वर्ष पूर्ण कर छुटपछिको थप २ वर्षसम्म ५० प्रतिशत कर छुटको व्यवस्था गरेको अर्थमन्त्री शर्माले घोषणा गरे ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:५७