‘अपराधि’ नियन्त्रणमा लिदाँ पत्रकारले खिचेको भिडियो प्रहरीले डिलेट गर्यो
वि.सं.२०७८ भदौ २६ शनिवार १६:२९
काठमाण्डौ : बाराको निजगढमा प्रहरीले पत्रकारको मोवाईल खोसेर भिडियो डिलेट गरेको छ ।
निजगढ बजारस्थित एक होटलबाट प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको भिडियो किन खिचेको भन्दै पत्रकार मनिता पाण्डेको भिडियो डिलेट गरेको हो ।
तारा ईन होटलमा ‘रेड’ हानेको विषयमा समाचार संकलन गर्न पुगेकी न्यूज २४ की बारा संवाददाता एवं नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष पाण्डेको मोवाईलमा रहेको भिडियो डिलेट गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा लैजादै गरेको भिडियो खिच्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले मोवाईल खोसेर भिडियो डिलेट गरेको पत्रकार पाण्डेले बताईन् ।
घटनाको निन्दा
पत्रकार पाण्डेको मोवाईल खोसेर दुव्र्यवहार गरेको घटनाप्रति पत्रकार अगुवाहरुले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारीले भत्सना गरेका छन् । त्यस्तै नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतमले प्रहरीले स्वतन्त्र प्रेसमाथि गरेको व्यवहार निन्दनीय भएको बताए । उनीहरुले घटनामा संलग्नलाई कारबाहीको समेत माग गरेका छन् ।
प्रहरीले गोप्य राख्यो
ठुलो संख्यामा प्रहरी होटलमा परिचालन भएको छ । तर प्रहरीले कसलाई किन नियन्त्रणमा लिएको हो भन्ने बारे गोप्य राखेको छ । प्रहरीले होटलमा अन्य व्यक्तिलाई प्रवेशमा समेत रोक लगाएको छ ।
सादा पोशाकमा रहेका प्रहरी टोलीसंगै ईलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी भ्यान होटलमा पुगेको छ । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले फरकनेपालसंग कुरा गर्दैै आफुलाई जानकारी नभएको बताएका छन् ।
यो पनि पढ्नुस्
https://faraknepal.com/2176
‘ठुलै घटनासंग सम्बन्धि अपराधि पक्राउ परेको भनिएको छ,’ ईलाका प्रहरी कार्यालय निजगढ स्रोतले भन्यो–अहिले अनुसन्धान भईरहेको छ । साँझसम्म सार्वजनिक हुन्छ ।’
वि.सं.२०७८ भदौ २६ शनिवार १६:२९