निजगढमा एमालेकाे अग्रता
वडा अध्यक्षमा पनि एमालेकै अग्रता
वि.सं.२०७९ वैशाख ३१ शनिवार १९:०६
3.05K
shares

बारा । बाराकाे निजगढ नगरपालिकामा नेकपा एमालले अग्रता बढाएकाे छ । ७ सय मत गणना हुदा एमालेका सुरथ पुरीले ३ सय ६८ मत ल्याएका छन् भने गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले ३ सय २४ मतसहित पछ्याइ रहेका छन् ।
त्यसैगरि एमालेकी साेममाया थिङले ३ सय ६९ ल्याएर अग्रता लिएकी छिन् भने गठबन्धनका रविराज दंगालले ३ सय २२ मतसहित पछ्याइरहेका छन् ।
वडा अध्यक्षमा एमालेका कमान सिंहले ३ सय ६७ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका सुर्य घलानकाे ३ सय ३९ मतसहित पछ्याउँदै छन् ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार १९:०६

















