मुङ्लिनकाे घाेप्टेभिरमा पहिरो, लाेथरमै राेकिए यात्रु बस !
वि.सं.२०७८ असोज ६ बुधवार ०५:५४
1.46K
shares
काठमाडौं : मुङ्लिनकाे घाेप्टेभिरमा गएराती पहिरो गएकाे छ । ११ बजे गएकाे पहिराे पन्छाउने काम अझै सकिएकाे छैन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिराे सफा गर्ने काम भईरहेकाे छ ।
काठमाडौ जाने-फर्किने गाडी राेकिए
पहिराे गएसंगै काठमाडौं भित्रिने सयौं सवारी साधन बिच बाटैमा राेकिएका छन् ।
ट्राफिक प्रहरीले चितवनकाे लाेथरदेखिनै यात्रु बस राेकेकाे छ ।
शिव पार्वती बसका स्टाफ अनिल साहले ट्राफिकले बसकाे कागजपत्र खाेसेर राखेकाे बताए । यात्रुले हैरान पारिसके, अगाडि जान मिलेकाे छैन् । कागजपत्र दिएपछि मात्र अगाडि बढ्न पाइन्छ ।
वि.सं.२०७८ असोज ६ बुधवार ०५:५४