skip this farak Kura Pravakar

भक्तपुरमा टिपरसँग मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भक्तपुरमा टिपरसँग मोटरसाइक ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको र अर्का २०–२१ वर्ष जस्तो देखिने युवको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा८९प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा४ख५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे एकआपसमा ठोक्किँएका हुन । टिपर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भइ हाल काठमाडौँको सुकेधार बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630