skip this yams_Max_Hospital.jpeg

‘गुलाब’ चक्रावातको असरले देशभर वर्षाको सम्भावना

996 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : बंगालको खाडीमा बिकसित ‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
   गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।
   मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गते बंगालको खाडीबाट विकसित भएको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात  असोज १० गते भारतको उडिसामा जमिनमा अवतरण भएको छ ।
   उक्त चक्रवात अहिले न्यून चापीय क्षेत्रका रूपमा पश्चिमतर्फ अगाडि बढिरहेकाले  त्यसको अप्रत्यक्ष परिधीय असरले नेपालमा आंशिकदेखि सामान्यसम्म मौसम बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने सम्भावमा छैन ।
    मौसमविद् राजु प्रधानांगका अनुसार सोही प्रभावले मंगलबार बिहान चितवनमा मध्यमस्तरको वर्षा भएको छ । दिउँसो काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा सामान्यदेखि मध्यमस्तरको वर्षा हुन सक्ने उनले बताए ।
    मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

nijgadh-supermart-adz1200-630