गुल्मीको मुसीकोटमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु
वि.सं.२०७९ साउन १२ बिहीवार ०९:०६
1.77K
shares

काठमाडौं । गए राति गुल्मीको मुसीकोटमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ। मुसीकोट नगरपालिका २ देउरालीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको हो। मालिका गाउँपालिका २ का २२ वर्षीय दीपक परियारको मृत्यु भएको हो ।
तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्याक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराति २ बजे मृत्यु भएको थियो ।
वि.सं.२०७९ साउन १२ बिहीवार ०९:०६

















