skip this bagdve 29 th

आइतबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : राष्ट्रिय सभाको बैठक सूचना टासेर स्थगित गरिएको छ । आगामी आइतबारका लागि बोलाइएको बैठक बिहीबार सूचना टासेर स्थगित गरिएको हो ।
    संसद सचिवालयका महासचिब भरतराज गौतमले विशेष कारणवश बैठक स्थगित गरिएको जनाएका छन् । बैठक आगामी सोमबारका लागि बोलाइएको छ ।
     प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद लगातार अवरोध गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक बोलाएर संसदको अवरोध हटाउने पहल गरे पनि एमाले भने बैठकमा उपस्थित भएन ।
     एमाले विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको भन्दै संसद् अवरोध गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630