skip this yams_Max_Hospital.jpeg

समुद्रमा ड्रग्स पार्टी ? त्यो रात क्रुजमा भएको के थियो ? 

414 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : अभिनेता शाहरुख खानका छोरा आर्यन खानसँग नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । एनसीबीले शनिबार (२ अक्टुबर) को आधी रात मुम्बईको एक क्रुज जहाजमा छापा मारेको थियो । एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले यही मामिलामा आर्यनसँग जाँच गरिरहेको बताएका छन् ।

एनसीबीले यस मामिलामा आर्यनसहित ८ जनालाई हिरासतमा लिएको थियो । हिरासतमा लिइएका व्यक्तिरुहरुमा आर्यन खान, अरबाज मर्चेन्ट, मूनमून धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त चोकर र गोमित चोपडा रहेका छन् ।

एनसीबीले यो मामिला मुम्बईको एक क्रुजमा भइरहेको रेभ पार्टीसँग जोडिएको बताएको छ । वानखेडेले हिरासतमा लिइएकाहरुसँग सो पार्टीको बारेमा सोधपुछ गरिएको छ । एनसीबी प्रमुख एसएन प्रधानले मुम्बई क्रुज ड्रग्स मामिलामा निष्पक्ष जाँच गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानले भने – यस मामिलामा हामी निष्पक्ष भएर काम गरिरहेका छौँ । यस मामिलामा बलिउड अभिनेता केही धनी मानिसहरू पनि जोडिएका छन् । त्यहाँ जो भए पनि हामी हाम्रो काम कानुनको दायरामा रहेर गर्ने छौँ ।

nijgadh-supermart-adz1200-630