आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्ष ?
वि.सं.२०७८ असोज २४ आइतवार १०:०१
1.52K
shares

काठमाडौँ : नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग ठूलो वर्षाको सम्भावना टरेको छ ।तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम वर्षा भइनै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो र राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७८ असोज २४ आइतवार १०:०१
















