skip this

बारा बस दुर्घटनाप्रति माओवादी अध्यक्ष प्रचण्डद्वारा दुख व्यक्त, मृतकलाइ राहत र उपचारकाे माग

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- बाराकाे जीतपुरसिमरामा १६ जनाकाे ज्यान जाने गरि भएकाे सवारी दुर्घटनाप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दुर्घटनाकाे खबरले स्तब्द बनेकाे जनाएका छन् । उनले मृतकप्रति समवेदना र घाइतेकाे स्वास्थ लाभकाे कामना गरेका छन् ।

विहिबार अफिसियल फेसबुकमार्फत सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले मृतककाे परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र घाइतेकाे उपचार खर्च व्यवस्था गर्न माग गरेका छन् ।

हेर्नुस् सन्देश :
बाराको जितपुर-सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो संख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको छु । दुर्घटनाका मृतकहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

यसका साथै बिभिन्न अस्पतालमा उपचाररत् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेहरूलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध छ ।

चाडबाडको समयमा आइपरेको यो दुखमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारि गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गर्दछु ।

सम्पूर्ण पार्टी पंक्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन समेत निर्देशन गर्दछु ।

प्रचण्ड
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

nijgadh-supermart-adz1200-630