skip this

काभ्रेको बेथानचोक बस दुर्घटना : १७ जनाको मृत्यु

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उनले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई पल्टिएको बताए ।

तीव्र गतिका कारण बस सडकमा नै पल्टिएको हुनसक्ने उनको भनाई छ । सुनुवारले भने मृतकको सङ्ख्या यकिन भइनसकेको बताए ।

nijgadh-supermart-adz1200-630