skip this

सञ्चारकर्मी दानी नेपाल जेसीजकाे राष्ट्रिय अध्यक्षकाे प्रमुख प्रेस सल्लाहकार नियुक्त

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपाल जेसीजकाे राष्ट्रिय अध्यक्षकाे प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी तथा थानकोट जेसीज २०२२ का अध्यक्ष राेसन दानीलाई मनाेनित गरेकाे छ ।

नेपाल जसीजका राष्ट्रिय अध्यक्ष विकास मान्नधरले सञ्चारकर्मी दानीलाई राष्ट्रिय अध्यक्षकाे प्रमुख प्रेस सल्लाहकारमा मनाेनित गरेकाे नेपाल जेसीजकाे केन्द्रीय कार्यालय थापाथलीले जनाएको छ।

सञ्चार क्षेत्रमा कृयाशिल दानीलाई नेपाल जेसीज २०२३ काे अभियानलाई सफल र सार्थक बनाउदै नेपाल जेसीजवाट हुने सकारात्मक कार्यहरूलाई जनस्तरसम्म लान्नु पर्ने आवश्यक रहेकाेले मनाेनित गरिएकाे नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मान्नधरले बताए ।

दानी थानकोट जेसीज २०२२ का अध्यक्षका रूपमा काम गरिसकेका छन् ।

जेसीआईका ध्येय र आधार स्तम्भ

अनुसाशित, विधिको शासन, मानवताकाे सेवा, विश्व बन्धुत्वकाे भावनालाई आत्मसात गर्दै युवाहरूमा रहेकाे अन्तरनिहित प्रतिभालाई प्रशिक्षणकाे माध्यमद्वारा प्रष्फुटन गराई सार्थक परिणाम सहित कुशल नेतृत्व र सवल व्यक्तित्व विकासमा याेगदान दिने काम जेसीजले गर्छ ।

nijgadh-supermart-adz1200-630