skip this

यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्छ : योगेश भट्टराई (भिडियोसहित)

684 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताए।

भट्टराईले रोड सेफ्टी एक्सन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको उल्लेख गरे। सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

उनले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए।

भट्टराईले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताए।

सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राखे।

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/583300293373586

 

nijgadh-supermart-adz1200-630