skip this farak Kura Pravakar

सरकार र मिटरब्याज पीडितबीच वार्ता सकारात्मक, सरकारी प्रतिवेदन अध्ययन गरेर ६ बजे पुनः वार्ता बस्ने (भिडियो)

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ । गृहमन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित माग राखिएको बुझिएको छ ।

वार्तामा सरकारले हाम्रो माग सुनेको छ, प्रतिवेदन अध्ययन गर्न समय दिईएको छ । प्रतिवेदन अध्ययनपछि पुनः वार्ता बस्ने गरि अहिले बाहिरिएको संघर्ष समितिका संयोजक मनोज कुमार पासवानले बताए ।

सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको जानकारी दिइन् ।

दिउँसोको छलफलमा आ–आफ्ना धारणा राख्ने काम भएको नेपाल समाजवादीका नेता रामरिजन यादवले जानकारी दिए । मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौ आएका थिए ।

सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपुर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/1558662591277549

nijgadh-supermart-adz1200-630